September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

एमालेले जनतालाई धोका दियो, आरक्षपीडितको समस्या समाधान हामीले गछौं : एनपी साउँद

मा प्रकाशित

नागरिक संवाददाता, कृष्णपुर , श्रावन २० ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साउँदले लामो समयदेखि क्यान्सजस्तै बनेको आरक्षपीडितका समस्याका समाधानका लागि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका हुन् ।

 

उनले आरक्षपीडिका समस्या समाधानका लागि आफू प्रतिबद्ध भएकोले तत्काल यो समस्या समाधान गरिने बताएका छन् । उनले भने, हामीले गछौं भनेर पहिले पनि भनेका छौं । भोलि पनि हामीले नै गर्नुपर्ने हो । तर, एमालेको बहकाइमा हामीले आउनु पर्ने छैन । साढे तीन वर्षसम्म झिँगा नमार्नेहरुले अब आरक्षको समस्या समाधान गर्ला ? केन्द्रमा सरकार बदलिसकेपछि विभिन्न प्रलोभनहरु देखाएर बहकाउने काम गरिरहेका छन् । त्यस्ता हल्लाको पछि नलाग्नु होला । उनले कसैले १० कठ्ठा दिने र कसैले ६० लाख रुपैयाँ दिने प्रलोभन देखाएको भन्ने सुनेको उल्लेख गर्दै त्यस्ता भ्रमको भण्डाफोर गर्न पनि नेता साउँदले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

उनले भने, साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन् । यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरुले गाउँ गाउँसम्म लैजानुपर्छ । एमालेले नागरिकहरुलाई विभिन्न अपेक्षा देखाएर आरक्षपीडितहरुलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उनले भने, उनले (एमालेले) आरक्षपीडितका समस्या समाधान गछौं भनेर जनतालाई धोका दिएका छन् । जनतालाई झुट बोलेका छन् । साढे तीन वर्षभन्दा बढी सरकार चलाउँदा केही गर्न नसक्ने । आरक्षपीडितहरुलाई कसरी व्यवस्थित गर्नुपर्ने हो, त्यसको लागि हामी व्यवस्था गछौं ।

 

गुटबन्दीमा नलाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, गुटगत राजनीतिले पार्टीलाई अगाडि बढाउँदैन । पार्टीका लागि योगदान गरेका र अगाडि जानुपर्ने साथीहरुलाई अगाडि बढाएर, अर्को साथीलाई अर्कोपटक व्यवस्थापन गर्नुपर्ने गरि सल्लाह गरेर अघि बढ्न आग्रह गर्दछु । सबैलाई समेटेर र कार्यकर्तालाई परिचालन गरेर अघि बढ्नु पर्दछ ।

साभार :- सेतीकालीन्युजडटकम

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु