बेलाैरी,
कञ्चनपुरकाे बेलाैरीमा दुई दिने टेसर माघ म्याला बुधबारदेखि शुरू भएकाे छ ।
थारु समुदायको नयाँ वर्ष एवम महान पर्व माघीकाे अवसरमा कार्यक्रमकाे आयाेजना गरिएको हाे । कार्यक्रमले थारु समुदायकाे लोक संस्कृति कला संरक्षणमा टेवा पुग्ने आयाेजकले जनाएको छ । माघ म्याला दुई दिन सम्म सञ्चालन हुने छ ।
पुर्वमन्त्री बिना मगरले मेला उद्घाटन गर्दै पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिईन । पुर्वमन्त्री मगरले मेला महोत्सवबाट थारु समुदायको लोपभईरहेको संस्कृति संरक्षणका साथै जोर्गेना हुने बताईन ।
कार्यक्तममा बेलौरी नगरका मेयर पोतिलाल चौधरीले मेला महोत्सवबाट थारु समुदायको संस्कृति संरक्षण हुने बताए । थारु कल्याणकारिणी सभा कञ्चनपुरका अगुवा चौधरीले थारु समुदायको माघमा मनाईने माघीलाई थप बनाउनका लागि कार्यक्रम गरिएको बताए ।
दुइदिन लाग्ने मेलामा थारू राष्ट्रिय कलाकार मोडेल अन्जु कुस्मी, शालिकराम चाैधरी, आर के थारू, लक्ष्मी राना लगायत स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने आयोजकले जननएको छ ।
कार्यक्रमको सह-आयोजक बेलाैरी नगरपालिका रहेको छ भने थारूकल्याणकारिणी सभा बेलाैरीले मेला आयोजना गरेको हो । कार्यक्रमलाई भब्य सभ्य बनाउन थारू अगुवाहरू सकृय भएका छन् । उनीहरूका अनुसार थारू संस्कृति जगेर्नाका निम्ति यस्ता कार्यक्रम आयोजना पुराना बर्षहरू देखि गर्दै आएको बताउछन ।