September 11, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलौरीमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

मा प्रकाशित

बेलाैरी, २७ पुस । कञ्चनपुरको बेलौरीमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समितिका अध्यक्ष टेक बहादुर साउदको अध्यक्षतामा बेलौरी बजारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक, विभिन्न जातजाति, समुदाय, विद्यालय लगायतको सहभागितामा झाँकी सहित प्रभात फेरी गरी बुधबार बेलौरी बाल उद्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण, विभिन्न जातजाति, समुदायका एकता झाँकीद्वारा बजार परिक्रमा, विभिन्न विद्यालयका तर्फबाट नृत्य तथा अन्य प्रस्तुतिहरु, केही सारगर्भित र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतासँग सान्दर्भिक मन्तव्यहरू राखिएको थियो । यसैबिच, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा बेलौरीमा रहेको सामुदायिक अस्पताल ईशान मेमोरियल अस्पतालले १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूको निःशुल्क रक्त समूह परीक्षण शिविर सञ्चालन गरिएको र एक दिनका लागि विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क ओपिडी सेवा तथा अन्य सेवाहरूमा ५० प्रतिशत छुट गरेको छ । दिवसको अवसरमा रक्त समूह परीक्षण शिविरको उद्घाटन गरिएको र केही दिन फरक फरक मितिमा बेलौरी बजार, गोकुलपुर बजार, कलकत्ता बजार, बेलडाँडीको चौवन्नी बजार, लालझाडीको चान्देव र कञ्ज बजार, पुनर्वासको कालिका बजारमा निःशुल्क शिविर सञ्चालन गरिने ईशान मेमोरियल अस्पताल बेलौरीका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिनुभएको छ । कतिपय अवस्थामा रगतको अभाव हुँदा आफ्नो रगत समूह थाहा नभएका कारण धेरैजसो मानिसले चाहेर पनि कसैलाई रगत दान गर्न नसक्ने अवस्था व्याप्त रहेकोले सोही समस्यालाई न्यूनीकरण गर्न रगत समूह परीक्षण शिविर सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमको सञ्चालन लक्ष्मण दियालले गर्नुभएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु