October 4, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरमा “नागरीकसँग मेयर कार्यक्रम” को शुभारम्भ

मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नागरीकसँग मेयर कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बीच विहिबार नगरपालिकाको सभाकक्षमा नगरप्रमुख हेमराज ओझाले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन ।

“नागरीकसँग मेयर कार्यक्रम” को पहिलो चरणमा कृष्णपुर नगरपालिकाका प्रत्येक नागरीकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल ) बनाउने उद्येश्यका साथ स्वास्थ्यकर्मीको टोली ९ वटै वडाका नागरीकहरुको घरआगनमै पुगी निशुल्क रक्तचाप द्यए जाँच गरिनुका साथै दिर्घरोगहरु महिलाको आङ खस्ने समस्या,मृगोला रोगहरु / मृगोला प्रत्यारोपण,क्यान्सर,मुटुरोग, दम ,स्पाइनल ईन्जुरी हेड ईन्जुरी,अपाङ्गता,सिकल सेल एनिमिया,थालेसिमिया,क्रोनिल लिभर डिजिज, मष्तिस्क घात,जटिल किसिमको बर्न,मानसिक रोग लगायत नसर्ने रोगहरुको विवरण संकलन गरिने नगरप्रमुख हेमराज ओझाले बताए ।

त्यसपछि दोश्रो चरणमा आवश्कता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडी बढाइने नगरप्रमुख ओझाले बताएका छन ।नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकाका नागरीकहरुको स्थास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै आफ्नो कार्यकाल भित्रै नगर अस्पताल पनि सञ्चालनमा ल्याइने बताए ।

हाल कृष्णपुर नगरपालिका वडा न ५ गुलरीयामा रहेको कृष्णपुर स्वास्थ्य चौकीले २४सौं घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । त्यस्तै नगरपालिकाले हाल गर्भपती महिला,दिर्घरोगी,आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा,आवश्यकता अनुसार कृष्णपुरका नागरीकलाई निशुल्क रगत सेवा, कृष्णपुर स्वास्थ्य चौकीमा सम्पूर्ण स्वास्थ्य चेकजाँच निशुल्क लगाएतका सेवा दिदै आएको छ ।

उक्त नागरीकसँग मेयर कार्यक्रममा नगरप्रमुख ओझासहित नगरउपप्रमुख द्रोपती राना,स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्ट,कृष्णपुरका सम्पूर्ण स्वास्थ्य युनीटका ईन्चार्ज र सञ्चारक्रमीहरुको उपस्थिति रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु