April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पत्रकारलाई प्रभावमा राख्न “सम्मान” स्थानीय सरकारको ब्रम्हाअश्त्र बन्दै

मा प्रकाशित

 

पत्रकार र संचारमाध्यम लाई सत्ताको शक्तिमा प्रभावित बनाइ राख्ने चलन उहिले देखिनै शासकहरुले बसाल्दै आएका थिए ।
हत्या , डर , त्रास , यातना , धम्की दिँदै पत्रकारलाई आफ्नो प्रभावमा राख्ने कालखण्ड पछि विधि फेरिएको छ ।

आलोचनात्मक टिप्पणी र व्यथितिहरु उजागर गर्ने मिडिया र मिडियाकर्मीलाई आफ्नो प्रभावमा राख्न “सम्मान” अहिले स्थानीय सरकारको ब्रम्हाअश्त्र बनेको छ । पछिल्लो कालखण्डमा स्थानीय निकायहरुमा अझ बढि निकै लोकप्रिय बन्दै गएको छ । व्यथिती , अपारदर्शी चरीत्र उजागर गर्ने सदाबहार रचनात्मक प्रतिपक्षी प्रेस जगतलाई सम्मानको पासोमा पारेर निरीह बनाउने अश्त्र बन्दैछ जुन खेद पुर्ण हो ।

सम्मान आफैमा सर्वोच्च हो । धारण गर्ने ब्यक्ती वा संस्था सामु जसको शिर गर्वका साथ झुक्छ हो त्यो हो सम्मानको असलमा हकदार हो । तर पुनर्वास नगरपालिकाले आफ्नो नगर सभाको शुभ साइत जुराएर एक हुल संचारकर्मीलाई प्रदान गरेको सम्मान पाउनेहरुको ब्यक्तित्व प्रति के जनताको शीर गर्वले निहुरिएको छ त ?

सम्मान कुनै विद्या वा क्षेत्रमा विशिष्ट योगदान पुगाएको ब्यक्तिलाई गरिनु पर्ने भए पनि यसको सामान्य अर्थनै नबुझी पुनर्वास नगरपालिकाले सम्मानको नै अपमान हुने गरि बाँडिरहनुले सम्मान आफै लज्जित भएको छ ।

हुलका हुल ब्यक्तिहरुलाई पुनर्वास नगरपालिकाले दिएको सम्मानले राम्रो सन्देश दिएको छैन । सम्मान बितरण समारोहमै भनिएछ अब कसले भन्छ पुनर्वास मिडिया मैत्री भएन भनेर के सम्मान बाँडेर स्थानीय निकाय मिडियामैत्री , पारदर्शी , जवाफदेही र सुशासित हुने हो र ?

बिगत देखि चल्दै आएको व्यथिती , अनियमितता , अपारदर्शी नीति , कार्यक्रम हरुलाई पारदर्शी , जवाफदेही , सुचनामा सहज पहुँच , नगरपालिकाका हरेक निर्णय , कार्यक्रम , योजनाहरुका सुचना जनताले सहज रुपमा पाउने थिती बसाल्नुस पत्रकार आफै तपाइको गुनगान आउन आतुर हुनेछन् । सम्मानका नाममा जनताको रगत पसिनाले भिजेको पैसा बाँड्नै पर्दैन ।

निर्वाचन पछि अहिलेसम्मको कार्यकालमा नगरपालिकाले गरेका निर्णय , कार्यक्रम हरु नियमित सार्वजनिक गर्ने परिपाटीको बिकास गरोस नगरपालिकाले यति भए धेरै हद सम्म पारदर्शी बन्नेछ ।
पत्रकारलाई प्रभावमा राख्न बेला बखतमा गरिने सम्मान ग्रहण गर्नु पत्रकार आचारसंहितामा बिपरित भएकाले पनि पत्रकार जगत यसबारेमा सजग बन्न आबश्यक छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु