April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडीमा विपद जाेखिम सम्बन्धी पूर्व तयारी परामर्श बैठक सम्पन्न

मा प्रकाशित

  • लालझाडीमा विपद जाेखिम सम्बन्धी पूर्व तयारी परामर्श बैठक सम्पन्

नागरिक संवाददाता
लालझाडी, श्रावन २० । कञ्चनपुरकाे लालझाडीमा अार्थिक विकास मार्फत विपद जाेखिम ब्यवस्थापन परियाेजना तेश्राे चरण विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना एवम पूर्वानुमानमा अाधारित कार्यक्रम सम्बन्धी पूर्व तयारी परामर्श बैठक सम्पन्न भएकाे छ ।
बुधवार लालझाडीकाे वार्ड नं. २ काे कार्यालयकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष मदनसेन बडायकले लालझाडी गाउँपालिकामा भिबिन्न किसिमका विपदहरू अाउने गरेकाे र सहि तरिकाले समस्याकाे पहिचान गरि समाधान गरिनु पर्ने बताएका छन । लालझाडी गाउँपालिकामा हात्ती अातंक, सर्पदँश, बाढीले घर ढुबान तथा खेत कटान मुख्य समस्याकाे रुपमा रहेकाे बताउनु भयाे ।
बाढीले खेती याेग्य जमिन कटान गरि बगरमा परिणत गरिरहेकाले राेकथामका लागि जैबिक तटबन्ध लाई प्राथमिकता दिनु पर्ने अध्यक्ष बडायक बताउछन । जमिन कटान भई बलाैटे बगर बनेकाे खेतमा माटाे उहाउँदाे तरकारी बालीकाे खेती गरेर पनि अाम्दानि लिन सकिने उनले बताए ।
गाउँपालिका अध्यक्ष मदन सेन बडायककाे सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु गाउँपालिका उपाध्यक्ष सत्यदेबी महरा, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र सिँह रावत, नेपाल रेडक्रस साेसाईटी कञ्चनपुरका धिरेन्द्र चन्द भट्ट, मर्सिकाेर नेपालका बरिष्ठ कार्यक्रम अधिकृत रबिन्द्र कार्कि लगायत लालझाडी गाउँ पालिकाका सबै वडाका वडाध्यक्षहरु रहेका थिए। कार्यक्रम मर्सिकाेर नेपाल र नेपाल रेडक्रस साेसाईटीकाे अार्थिक सहयाेग र लालझाडी गाउँपालिकाकाे सहजिकरणमा सम्पन्न भएकाे हाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु