पुनर्वास ,
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्ती बाट प्रहरीले ४ हजार ५ सय क्यु फिट अबैध गोलिया काठ बरामद गरेको छ ।
बुधबार दिउसो ११ बजेको समयमा पुनर्बास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित कालोपुल नजिक बिन्दबासिनी मन्दिर देखि मदन टोल जोड्ने भित्री पक्की सडक किनारमा बेवारिसे अवस्थामा रहेको काठ प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
बिशेष सुचनाको आधारमा खटिएको ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले काठ बरामद गरेको प्रहरी निरीक्षक नरेश राज मल्लले बताए ।
बरामद गरिएको १२ थान ४ हजार ५ सय क्युफिट गोलिया काठ आबश्यक कारवाहीको लागि कुण्डा सव वन डिभिजन कार्यालय पचकडियामा बुझाइएको प्रहरी निरीक्षक मल्लले बताए ।