April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास उद्याेग बाणिज्य संघको अध्यक्षका लागि रायमाझी र बिष्टकाे दाबी

मा प्रकाशित

पुनर्वास ।
उद्याेग बाणिज्य संघ पुनर्वास शाखाको चाैंथाे अधिबेशन बुधबार सम्पन्न भएको छ । कार्य समिति चयनमा सहमति नजुटे पछि अध्यक्ष पदका लागि राजकुमार रायमाझी र भरत बिष्ट कसरतमा छन ।
उद्याेगी ब्यवसायीकाे हक हितमा काम गर्न र संस्थालाई चुस्त दुरुस्त बनाउन अध्यक्ष पदमा आफ्नाे दाबी रहेकाे भरत बिष्ट बताउनु हुन्छ । सिामा क्षेत्रमा हुने तस्करीका कारण पुनर्वासका व्यापारी धारासायी बन्दै गएकाले यसलाई नियन्त्रण गर्ने आफ्नाे मुख्य याेजना रहेकाे बिष्ट बताउछन । बिष्ट सामाजिक काममा समेत सक्रिय रहेका छन ।  बिष्ट ईटा ब्यवसाय पनि गर्दै आएका छन ।
त्यसैगरी अध्यक्षका अर्का आकांक्षी राज कुमार रायमाझी पनि संस्थालाई स्थापित गर्न आफ्नाे अहम भुमिका रहेकाे बताउनु हुन्छ । साना ठुला व्यापारीकाे पिडाकाे आफुले भाेगेकाले व्यापारीकाे हितमा काम गर्ने बताउनु हुन्छ । रायमाझी वर्तमान समितिकाे बरिष्ठ उपाध्यक्ष पदमा रहि सक्रिय रुपमा काम गर्दै आईरहेका छन । पुनर्वासमा उद्याेग बाणिज्य संघकाे स्थापन गर्न आफुले निकै संघर्ष गरेकाे उनी बताउछन ।
यद्यपि सहमतिकाे प्रयास जारी रहेकाे छ । सहमतिकाे टुङ्गाे नलागे भाेलि बिहिवार मनाेनयन दर्ता गर्ने र शनिवार माघ १४ गते निर्वाचन प्रकृया बाट कार्य समितिकाे चयन गरिने वर्तमान अध्यक्ष कृष्ण बहादुर तामाङ्गले जानकारी दिनु भयाे । निर्वाचनका लागि तिन सदस्यीय निर्वाचन मण्डल ताेकिएकाे छ । निर्वाचन मण्डलमा धाैलराम सार्की, कर्ण बहादुर राेकाया र बिमल बिश्वकर्मा रहेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु