कञ्चनपुर ,
कञ्चनपुरको बेलडाँडीमा मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताका लागी खेलाडी छनौट गर्न सुरु भएको प्रतियोगिताको प्रतियोगिताको उद्धाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् संविधानसभा सदस्य दिवान सिंह बिष्टले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य बिष्टले – यस खेलबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका यस क्षेत्रबाट खेलाडी उत्पादन हुनुपर्दछ भन्ने भनाइ राख्दै खेलाडीलाई शुभकामना दिएका छन् ।
खेलाडीहरुका लागि प्रदेशबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पालिका अन्तर्गतका ७ वटा विद्यालय बीच प्रतियोगिता सुुरु भएको जनाइएको छ । छात्र र छात्रा गरी ९ वटा बिधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि सातवटै मावि गरी डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् ।
गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनौट भएका खेलाडीले फाल्गुन पहिलो साता जिल्लामा हुने प्रतियोगितामा सहभागी हुनेछन् ।
उद्घाटन कार्यक्रम सभापतित्व बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाको रहेको थियो ।