September 25, 23
21.6 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कंचनपुरको पुनर्वासमा अटो दुर्घटना हुँदा एककाे मृत्यु

मा प्रकाशित

पुनर्वास ।

कञ्चनपुरकाे पुनर्वासमा अटाे दुर्घटना हुँदा एकजनाकाे ज्यान गएकाे छ । शनिबार बिहान ८ बजे धनगढीबाट पुनर्वासको आई.बी.आर.डी. आउने क्रममा अटाे सिमरीमा दुर्घटना भएकाे हाे  ।

दुर्घटनामा परी  हेटौंडा घर भएका २८ वर्षिय सरोज रिमालको उपचारका क्रममा माया मेट्रो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी बाट आईबिआरडी आउँदै गरेकाे म.१ ह. ८२४ नम्बरको अटो दुर्घटना भएकाे हाे  । अटोमा सवार  अन्य दुई जना घाईते भएको प्रहरीले जनाएको हो ।

कुहिरोका कारण सडकमा एक्कासी ढुङ्गा देखेपछि अटोलाई ठोक्किनबाट बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार महोत्तरी बर्दिबास ४ घर भएका २२ वर्षिय सुशील बुढाथोकी र रामेछाप घर भएकी १८ वर्षिय सबिना घिमिरे घाईते भएको र उनीहरु दुई जनाको खुट्टामा सामान्य चोट लागेकोले माया मेट्रो हस्पिटल धनगढीमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका  प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिनु भयाे ।

अटो मोहन्याल गाउँपालिका-२, कोल्तडी स्थायी घर भई धनगढी -८ क्याम्पस रोड बस्दै आएका ३२ वर्षीय रमेश देवकोटाले चलाएका थिए । अटोमा चालक सहित चार जना सवार थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु