पुनर्वास
कञ्चनपुरको पुनर्वास स्थित लालझाडी युवा क्लब ११ ले संस्थाका सल्लाहकार स्वर्गीय बिष्णु दानपालीको सम्झनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
सिपी अस्पताल धनगढीको सहयोगमा लालझाडी युवा क्लबले साविक बाइसेबिचवा स्वास्थ्य चौकी नौरंगामा एकदिने नि:शुल्क स्वास्थ स्वास्थ्य शिविर सञ्चालन गरिएको क्लबका उपाध्यक्ष नगेन्द्र श्रेष्ठले बताए ।
माघ २१ गते नौरंगामा आयोजना गरिने नि:शुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी , नशा रोगी , पेट सम्बन्धी लगायत अन्य बिरामीहरुको विशेषज्ञ चिकित्सकहरु द्वारा चेक जाँच गरिने क्लबका उपाध्यक्ष श्रेष्ठले बताए ।
मा प्रकाशित