January 16, 25
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माघी होमस्टेमा हुने लाटोकोसेरो उत्सबको तयारी तीब्र

मा प्रकाशित

जमुना न्युरे,सुखड।

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा आयोजना भइरहेको लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तिब्र पारिएको छ । आउदो माघ २० र २१ गते गरी दुई दिन आयोजना हुने उत्सबको तयारी तिब्र पारिएको हो ।

No description available.

किसानका साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेको थिएन । उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पुर्याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए ।

No description available.

लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएपछि स्थानीय समेत खुशी भएका छन् । उत्सबको मिति नजिकै गर्दा तयारी पनि तीब्र रुपमा हुँदै गयको फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी आचार्यले बताए ।

No description available.

अहिले माघी होम स्टे थारु गाउँ सरसफाइ सङै श्रङगार गरिएको छ। माघिमा अहिले बाह्य तथा आन्तरिक पाहुनाहरुको चहलपहल बढि रहेको छ। फ्रेन्ड्स अफ नेचरका सहभागी विद्यार्थीहरु माघी गाउँमा रहेको श्री नवप्रभात आधारभुत बिधालयमा लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक प्रदर्शनी का लागि संग्रहालय निर्माणको काममा ब्यस्त देखिएका छन् माघि गाउँमा साच्चै माघी नै आएको स्थानीय बुद्धि प्रकाश चौधरीले बताए ।

No description available.

काठबाट आफ्नै सीप प्रयोग गरेर दुई वटा उल्लु को मुर्ति निर्माण गरेका छन् । उनले भने हाम्रो होम स्टेमा सुदूरपश्चिम मै पहिलो पटक हुन लागेको उल्लु महोत्सवले स्थानीयलाई सरक्षणमा ल्याउन र स्थानीयको जिबिको पार्जनमा टेवा पुर्याउदै धेरै ठाउँमा चिनाउने काम पनि छ ।

No description available.

होमस्टेमा आउने पाहुनाहरुको स्वागतका लागि अहिले होमस्टेका संचालकहरुलाइ भ्याइ नभ्याइ भयको होमस्टेका सबै घरहरुमा पाहुनाले भरियको होमस्टे संचालक समितिका अध्यक्ष सिताराम चौधरीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु