जुद्ध चाैधरी ।
कञ्चनपुर, माघ १९ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाले लालझाडी गाउँपालिका ६ चान्देव बस्दै आएका हात्ति आतंक बाट प्रभावित आरक्ष पिडितलाई साेलार बत्ती वितरण गरेकाे छ । विहिवार चान्देवका ३३ घरधुरीलाई साेलार बत्ती वितर गरिएको हाे ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष बाट विस्थापित भई लालझाडी गाउँपालिका ६ चान्देवमा बस्दै आएकाहरुलाई साेलार बत्ती वितरण गरिएकाे छ ।
जँगली हात्तिकाे आतंक बढ्डै गए पछि आतंक न्युनिकरण गर्ने उद्धेश्यले साेलार बत्ती वितरण गरिएको नगरपालिकाले जनाएकाे छ । साेलार बत्ती वितरण कार्यक्रममा बेलाैरी नगरपालिकाका नगरप्रमुख पाेतिलाल चाैधरी, उपप्रमुख जाेगराम चाैधरी, ५ नं. वडाका वडाध्यक्ष लाल बहादुर चाैधरी तथा नगर प्रबक्ता हर्क बहादुर भुल सहित रहेका थिए । २० वाटकाे साेलार प्यानल , पावर कन्ट्राेलर सहित साेलार बत्ती वितरण गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जानकारी दिनु भयाे । साेलार बत्ती पाएपछि खुशी व्यक्त गर्दै उत्तम रानाले साेलर बत्तीले केहि हदसम्म हात्ती आतंक राेकथाम हुने बताउनु भयाे । चान्देव आरक्ष विस्थापित शिविरमा समय समयमा हात्तीले धनजनकाे क्षती पुर्याउदै आएका छन ।
मा प्रकाशित