September 12, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कंचनपुरका किसान नेता ऐरकाे निधन

मा प्रकाशित

 

कञ्चनपुर

कंचनपुरका पुराना किसान नेता ऐरकाे हृदयाघात भई निधन भएकाे छ।शुक्लाफाँटा नगरपालिका वडानं१० त्रिपुरेश्वर वस्दै आउनु भएका कांग्रेस नेता भैरव सिंह ऐरकाे ७३ बर्षको उमेरमा शनिवार विहान आफनै निवासमा हृदयाघातका कारण निधन भएकाे हाे।डडेलधुरा जिल्ला अजयमेरू गाउँपालिका वडानं२ देउल्लि बीस २००७ साल माघ१गते नेता ऐरकाे जन्म भएकाे हाे।२०३६सालकाे जनमतसंग्रह देखि नेपाली कांग्रेसमा आवद्व भई प्रजातन्त्र पुर्नस्थापनाका लागि पार्टीले चलाउदै आएकाे आन्दोलनमा सहभागी रहदै आएका ऐर ईमान्दार कर्तब्यनिष्ठ निडर र हकि स्वाभावका निष्ठावान नेता एवं कुशल राजनितीज्ञ समाजसेवीका रूपमा आफनाे बेग्लै पहिचान वनाएका थिए।राजनिती संग संगै विभिन्न संघ संस्थामा आवद्व हुँदै सामाजिक सेवामा सकृय ऐर साविक गाउँ पंचायत झलारि वडानं२का वडा अध्यक्ष हुँदै गाउँ पंचायतकाे उप प्रधानपंन्चकाे समेत उनले जिम्मेवारी वहन गरिसकेका थिए।देशमा भएकाे प्रजातान्त्रिक आन्दोलनकाे समर्थनमा आफुलाई उभ्याउदै उनले एक कुशल सिपाहिकाे रूपमा काम गरेपछि प्रजातान्त्रिक सेनानि पदवि वाट उनलाई विभुषित गरिएकाे थियाे।नेता ऐर आन्दोलनकै क्रममा पटकपटक जेल जीवन विताएका थिए।नेपाली कांग्रेस कंचनपुरकाे पुर्व जिल्ला काेषाध्यक्षकाे जिम्मेवारीमा रहि कार्य गरिसकेका नेता ऐर हाल नेपाली कांग्रेसको जेष्ठ राजनितीज्ञ सभाका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसको माउ संगठन नेपाल किसान संघ कंचनपुरका सभापतिकाे रूपमा कार्य गरिरहेका थिए।किसान संघका संस्थापक नेताका रूपमा रहेका नेता ऐर किसानले भाेग्दै आएका समस्या वारे राज्य सराेकारवालाकाे ध्यानाकर्षण गर्न सधै संघर्सरथ रहेका थिए।झलारिकै पुरानाे विधालय कृष्ण माविकाे विव्यस अध्यक्ष रहिशैक्षिक क्षेत्रमा उत्कृष्ट काम गरेका ऐेर श्री कृष्ण वैजनाथ वहुमुखि क्याम्पस झलारि र नेपाल रेडक्रस साेसाईटि उपशाखा झलारिका आजिवन सदस्य रहि सामाजिक अभियानमा सकृय रहेका थिए।गाउँ ठाउँमा दुख सुख पर्दा सवैलाई सधाउने सहयाेगि भावनाका धनी ऐरकाे असामयिक निधनले कंचनपुर जिल्लाकै एक कुशल अनुभवि अभिभावकिय भुमिकाकाे अभाव सदैव खड्कि रहने नेपाली कांग्रेस कंचनपुरका निबर्तमान पार्टी सभापति हरि प्रसाद वाेहराले वताए।एक ईमान्दार साहसि निडर नेता गुमाउदा अत्यन्तै पिडावाेध भईरहेकाे उनले वताए।राजनिति संगै विभिन्न संघ संस्थामा रहदै सवैलाई समानरूपमा सहयाेग मित्रवत व्यवहार द्वारा समाजलाई एकतावद्व गर्ने स्व ऐर एक सामाजिक अभियन्ताका रूपमा समाजलाई याेगदान दिदै आउनु भएकाे थियाे।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु