February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरमा रास्ट्रपति रनिङ सिल्डको तयारी पुरा , प्रदेश प्रमुखले उद्घाटन गर्ने

मा प्रकाशित

गुलरिया
कृष्णपुर नगरपालिकाको आयोजना र कृष्णपुर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु हुने १३औं राष्ट्रपति रनिङ सिल्डको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् ।

सोमबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले प्रदेश प्रमुख जोशीलाई भेटी प्रमुख अतिथिको लागि निमन्त्रणा दिएका हुन् ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका संयोजक एवं नगरप्रमुख हेमराज ओझाले रनिङ सिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन नगरपालिकाका सम्पुर्ण खेलाडी एवं खेलप्रेमिलाई आह्वान गरेका छन् ।

कृष्णपुर नगरपालिका वडा न ४ मौवाफाँटामा रहेको कृष्ण माविमा राष्ट्रपति रनिङ सिल्ड आयोजना हुनेछ । प्रतियोगितामा नगरपालिका भित्रका १३ सामुदायिक र १० संस्थागत गरि जम्मा २३ विद्यालय सहभागी हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सचिवालय संयोजक एवं कृष्ण माविका प्रधानाध्यापक गोपाल दत्त बडुले बताए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको कृष्णपुर नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदका लागि २३ विद्यालयका एकहजार भन्दाबढी खेलाडीको सहभागिता जनाउनेछन् । प्रतियोगितामा भलिबल ,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइनेछ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु