September 11, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

खेल मानव जीवनका लागि अनिवार्य कुरा हो : प्रदेश प्रमुख जोशी

मा प्रकाशित

पुनर्वास २४ माघ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले खेल मानव जीवनका लागि अनिवार्य कुरा भएको बताएका छन् । मङ्गलवार पुर्नवास नगरपालिका आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘खेल मानव जीवनका लागि अनिवार्य कुरा हो । चाहेँ स्वास्थ्यलाई होस चाहेँ व्यवसायीक रूपमा यसलाई अघि बढाउनका निम्ति खेलकुदको निकै महत्त्व छ,’उनले भने,‘ यस्ता प्रतियोगिताहरूले वास्तवमा ओझेलमा परेका खेलाडीहरूलाई अघि बढ्नको निम्ति उपयुक्त वातावरण तयार हुन्छ ।’

यस्तै उनले यस क्षेत्रको विकासका निम्ति र खेलकुदको विकासका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्न तयार रहेको र राष्ट्रपति रनिङ्गशिल्ड नगरपालिकाको लागि पहिलो जग रहेको बताए । ‘राष्ट्रपति रनिङ्गशिल्ड नगरपालिकाको लागि पहिलो जग रहेको बताए ।

यस्ता खेलहरूले महत्त्वपूर्ण भूमिकाहरू खेल्दछन्,’ उनले भने, ‘यस क्षेत्रको विकासका निम्ति र खेलकुदको विकासका लागि यहाँ प्रदेश प्रमुखको हैसियतले मैले के-के गर्न सकिन्छ । त्यो गर्नमा म तयार छु ।’

यस्तै नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्धय वीर बहादुर थापा र दिवान सिंह विष्टले खेलाडीको अनुशासन अति आवश्यक रहेको बताए । पुनर्वासले राष्ट्रिय स्तरका खेलाडी समेत जन्माइसकेकोले अझै राष्ट्रिय स्तरमा यहाँका खेलाडी पुग्नेमा आफू विश्वस्त रहेको उनीहरूको भनाई छ ।

खेलकुदका लागि चाहिने खेलकुद मैदानको अभाव रहेकाले तीन तहको सरकारसँग छलफल गरी खेलमैदान निमार्णका लागि प्रदेश सरकारको तर्फबाट र आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले यस्ता प्रतियोगिताले नगरमा खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै नगरको समय पहिचान हुने बताए । उनले यस प्रतियोगिताका सम्पूर्ण खेलाडीलाई अनुशासनका साथ खेल सम्पन्न गर्न समेत अनुरोध गरे ।

आजबाट सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता माघ २८ गते सम्म सञ्चालन हुने छ । सो प्रतियोगितामा नगरका २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्स लगायतका खेलहरू हुनेछन्।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु