पुनर्वास ।
पुर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य बीना मगरकाे पहलमा कञ्चनपुरकाे पुनर्वासमा रहेकाे सिद्धार्थ युवा क्लबले तीन लाख बजेट पाएकाे छ । क्वबले आयाेजना गर्न लागेको चाँदी कप फुटबल प्रतियोगिताका लागि बजेट पाएकाे हाे ।
राष्ट्रिय खेलकुद परिषद बाट खेल आयाेजनाका लागि साे रकम छुट्याइएको हाे । आफुले प्रतिबद्धता गरे अनुसार क्लबलाई सहयाेग हाेस खेलकुद परिषद बाट रकम छुट्याउन लगाईएकाे पुर्वमन्त्री बीना मगरले बताउनु भयाे । पुनर्वासमा अन्य याेजना समेत ल्याउन आफुले पहल गरिरहेकाे समेत बताउनु भयाे । सिद्धार्थ क्लबले हरेक बर्ष फुटबल खेलकाे आयाेजना गर्दै आईरहेकाे छ । खेल प्रतियाेगिता ब्यवस्थित बनाउन बजेट अभाव हुने गरेकोमा यस वर्ष आयाेजकलाई सहज हुने क्लबका अध्यक्ष रिनव तामाङ्गले बताउनु भयाे ।