दार्चुला : महाकाली नदीमा बगेर एक वृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका-२ पण्डोराका अन्दाजी ७० वर्षीय वीर सिह बडालको बुधबार दिउँसो महाकाली नदीमा बगेर मृत्यु भएको हो ।
महाकाली नगरपालिका-४ रिङनतालबाट नदीमा बगेका बडाललाई अचेत अवस्थामा करिव ४०० मिटर तल सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेका थिए ।
उद्दार गरि जिल्ला अस्पताल लगिएको बडालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।