November 29, 23
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बने काँग्रेसका कमल शाह

मा प्रकाशित

धनगढी ,
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन्।

बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका थिए।

विश्वासको मतका लागि मुख्यमन्त्री रावलले पेस गरेको प्रस्ताव नै छलफलका लागि पारित हुन नसकेपछि रावल पदमुक्त भएका हुन्।

उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी आएनन्।

रावलले माघ २५ गते दिउँसो १ बजे विश्वासको मत लिने भनेर सभामुखलाई संसद बैठक बोलाउन पत्राचार गरेका थिए।

काठमाडौं गएका नागरिक उन्मुक्ति पार्टीका सांसद धनगढी नफर्किएपछि बैठक आजलाई सारिएको थियो।

आज पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।

निर्धारित समयभन्दा केही ढिलो गरी बसेको आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउने सम्भावना सकिएको थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु