पुनर्वास ।
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले पुनर्वासको विभिन्न १० स्थानमा अपराध नियन्त्रण का लागि जनचेतनामूलक होर्डिङ बोर्ड जडान गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर ६ अन्तर्गत १० स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड जडान गरेको हो ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सहकार्य तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ को पहलमा वडा नम्बर ६ प्रतिभानगर टाउन बजार चोक , वडा कार्यालय प्राङ्गण , त्रिभुवनबस्ति स्वास्थ्य चौकी चोक , जीवन ज्योति मावि , जनता मावि , जनता क्याम्पस , ईलाका प्रशासन कार्यालय , छिमेकी भारतीय बजार मिलनबजार जाने बाटो , सिमावर्ति गाउँ धौलागिरी टोल गरि १० स्थानमा उक्त होर्डिङ बोर्डस्थापना गरिएको छ ।
‘लागू औषध रहित स्वस्थ र सभ्य समाजको निर्माण गरी
कानूनद्वारा निषेध गरिएका कार्यहरु
गाँजाको खेती उत्पादन तथा तैयारी गरि खरिद तथा विक्रिवितरण , निकासी वा पैठारी , ओसारपसार गर्ने सञ्चय गर्ने वा सेवन गर्न, अफिम वा कोकाको खेती गर्ने वा अफिम या कोकोको पात वा अन्य लागू औषध उत्पादन गर्ने , लागू औषधको निर्माण वा तैयारी गर्ने, लागु औषध विक्री वितरण गर्ने , लगायत कानुन द्वारा निषेध गरिएको बिषय हरू उक्त होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
लागु औषध सम्बन्धि अपराध भइरहेको छ भने तुरुन्त प्रहरीलाई खबर गरौ उक्त होर्डिङ बोर्डमा अनुरोध समेत गरिएको छ ।
उल्लेखित बिषय संगै बढ्दो सवारी दुर्घटना , साईवर अपराध , मानव बेचबिखन , घरेलुु हिंसा बाल बिबाह , बहु बिबाह , आत्महत्या , लागु औषध लगायत उक्त जनचेतनामूलक बिषय होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
त्यसता क्रियाकलाप भएमा अभिभावकहरुले अपनाउनु पर्ने उपायहरू समेत उल्लेख गरिएको छ ।
छोराछोरीको हरेक क्रियाकलाप, साथीभाई, विद्यालय समय बाहेक अरुबेला समय व्यतित गर्ने ठाउँबारे जानकारी लिने , खेलकुद, कला र सांगितिक एवं रचनात्मक कार्यक्रममा बढी व्यस्त बनाउने छोराछोरीहरुलाई गलत साथीहरुको संगतमा पर्न नदिने ,
छोराछोरीलाई लागू औषध र यसको असरबारे जानकारी गराउने । बेला-बेलामा विद्यालयमा गई आफ्नो बालबालिकाको पढाई र अतिरिक्त क्रियाकलापहरु बारे बुझ्ने , छोरोछोरीसंग प्रर्याप्त समय विताउने र विचारहरुको आदान-प्रदान गर्ने ।उक्त होर्डिङ बोर्डमा उल्लेख गरिएको छ । भबिस्यमा नगरपालिका को सबै वडाहरूमा उक्त जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका निरिक्षक नरेशराज मल्लले बताएका छन
वडा अध्यक्ष मित्र सिंह लामा, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रमुख नरेशराज मल्ल , जनप्रतिनिधि ,
समाजसेवी , प्रहरी , पत्रकार लगायतको उपस्थितिमा उक्त होर्डिङ बोर्ड हरू स्थापना गरिएको थियोे ।
मा प्रकाशित