March 4, 24
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शान्ति भेट्रान कपको विजेता बन्याे बिरेन्द्र भेट्रान टिम

मा प्रकाशित

पुनर्वास । शान्ति युवा क्लबकाे आयाेजनामा सञ्चालित शान्ति भेट्रान कपको उपाधी बिरेन्द्र भेट्रान टिमले जितेको छ । कञ्चनपुरकाे पुनर्वास १ अंशुबर्माबस्तीमा सञ्चालित भेट्रान कपमा पुनर्वास ३ लाई ५/२ काे गाेलअन्तरले हराउदै बिरेन्द्र भेट्रान पुनर्वास १ बिजयी भएको हाे ।
पुनर्वास ३ भेट्रानले २ गाेल गर्दा बिरेन्द्र भेट्रानले २ का बिरूद्ध पाँच गाेल गरेकाे थियाे । प्रथम हुने बिरेन्द्र भेट्रान टिमले नगद ५१ हजार रुपैया पुरुस्कार सहित प्रथम कप हात पारेकाे छ । दाेश्राे हुने पुनर्वास ३ भेट्रानले २६ हजार रुपैया पुरुस्कार पाएकाे छ । प्रतियोगिताकाे सर्बाधिक गाेलकर्ता पुनर्वास ३ भेट्रानका प्रेम बहादुर तामाङ्ग बनेका छन । प्रेमले प्रतियोगिता अबधिभर ११ गाेल गरेका थिए ।


प्रतियोगितामा कैलाली कञ्चनपुरका गरी १४ टिम सहभागी थिए । आईतवार भएकाे समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख ताेयप्रसाद शर्मा रहेका थिए भने सभापतित्व शान्ति युवा क्लबका अध्यक्ष सनि बहादुर तामाङ्गले गरेका थिए । कार्यक्रमकाे सञ्चालन महेश्वर घिमिरेले गरेका थिए । भेट्रान कपकाे समापन कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी पुनर्वास उपशाखाले रक्तदान कार्यक्रमकाे समेत आयाेजना गरेको थियाे । कार्यक्रममा १८ जनाले रक्तदान गरेकाे रेडक्रस साेसाईटी पुनर्वास उपशाखाका अध्यक्ष कृष्ण बहादुर तामाङले जनाउनु भयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु