December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेहडाबाबा माविको ६२ औँ  वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मा प्रकाशित

धनगढी  । कैलालीको धनगढी उपमहानगरपालिका १६ घसिता स्थित बेहडाबाबा माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले विद्यालयको आर्थिक , शैक्षिक , भौतिक र व्यव्थापकिय प्रगति विवरण समेटिएको २४ पृष्ठ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा विद्यालयबाट पहिलो पटक एसएलसी पास हुने पूर्व विद्यार्थी शेर बहादुर चन्द, वेद प्रसाद ओझा, लक्ष्मी रोका र रुद्र बहादुर सेटिलाई सम्मान गरिएको छ । यस्तै  विद्यालयबाट पहिलो पटक कक्षा ११/१२ पास गर्ने   पूर्व विद्यार्थी प्रीति चौधरी, हेमराज गिरी, कमला बोहरा, कमला चौधरी र सुरेन्द्र चौधरीलाई पनि दोसल्ला र मायाको चिनो प्रदान गरि सम्मान गरिएको हो ।
कार्यक्रममा  सुदूरपश्चिम प्रदेशका वरिष्ठ शिक्षाविद्  तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. हेमराज पन्त, धनगढी १६ वडा अध्यक्ष रामलाल चौधरी,विद्यालयका पूर्व विद्यार्थी प्रमोद पाठक, वेद प्रसाद ओझा,  समाजसेवी प्रभाकर भण्डारी , विद्यालयका पूर्व विव्यस अध्यक्ष  लक्ष्मीनारायण चौधरी, मीन बहादुर चन्द, डिल बहादुर बोहरा लगायत २ सय जना अभिभावक, ५ सय विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको  संचालन शिक्षकद्वय डण्डीराज जाेशी र हिक्मत बहादुर चाैधरीले गरेका थिए ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु