September 13, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको ९ नम्बर वडा र स्वास्थ्य संस्थाको पहलमा खोप केन्द्र संचालन

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ का दुई गाउँमा खोपकेन्द्र तथा गाउँ घर क्लिनिक उद्घाटन गरिएको छ ।
स्वास्थ्य संस्था देखि ६/७ किमि दुरीमा रहेका धनसिंगा र बिचफाँटाका बस्तीहरुमा आधारभुत स्वास्थ्य चौकी स्थापनामा नगरपालिकाले बेवास्ता गरे पनि ९ नम्बर वडा कार्यालय र परासन स्वास्थ्य चौकीको पहलमा स्वास्थ्य संस्था देखि दुर दराजमा रहेको धनसिंगाको कोहलपुर चोक र बिचफाँटाको गिरी चोकमा नियमित खोप संचालनको सरलताको लागि खोप केन्द्र तथा गाउँ घर क्लिनिक संचालन गरिएको हो ।

वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर बिक को अध्यक्षतामा आयोजित एक कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले क्लिनिकको उद्घाटन गरेका थिए ।
स्वास्थ्य संस्था देखि दुर दराजमा रहेका यि बस्तिहरुमा पहिले देखिनै खोपकेन्द्र र गाउँ घर क्लिनिक रहे पनि यस पटक ९ नम्बर वडा कार्यालयका वडा अध्यक्षको सक्रियतामा औषधिको सुविधा समेत उपलब्ध रहने गरि ब्यबस्थापन गरिएको छ ।

बिहिवार वडा नम्बर ९ का धनसिंगा र बिचफाँटामा बिहीवार स्थापना गरिएका खोप तथा गाउँ घर क्लिनिक हप्ताको एकदिन संचालनमा आउने छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु