जमुना न्युरे, धनगढी
कैलालीको चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराईने भएको छ । चुरे गाउपालिका वडा ४ आमपानी , सैन , सिउती गाउँका पहिरो पिडितहरुले बनाएका घरटहरा खाली गराउनका लागि सब डिभिजन वन कार्यलय खैरालाले अतिक्रमण हटाउने भएको छ ।
कार्यालयले पौष २२ गते अतिक्रमण खालि गर्नका लागि सुचना टास गरेको थियो तर अहिले सम्म सो क्षेत्र खालि भएको छैन । सुचना टास गर्दा पनि अतिक्रमण क्षेत्र खालि नभएपछि केहि दिनमै बल प्रयोग गरेर अतिक्रमण हटाईने सब डिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले जानकारी दिएका छन । २०७८ मा पहिरो बाट पिडित भएकाहरु चुरे गाउपालिका वडा न ४ टाक गडा स्थित राष्टिय बनमा बसोबास गरिरहेका छन ।
अहिले सो क्षेत्रमा पिडितका नाममा ४ सय ५ घरटहरा निमार्ण गरि बसोबास गरिरहेका छन । दिनप्रतिदिन सो संख्या बढिरहेको ढकालले जानकारी दिए । राष्टिय बनको करिब ४० हेक्टर बन क्षेत्रमा उनीहरु बसोबास गरिहेका छन । सुरुमा टेन्टमा बसोबास गरिरहेका उनिहरु अहिले संरचना संगै बनलाई खेतबारि बनाइरहेका छन ।
यसरी अतिक्रमीत जमिन खाली गराउनका लागि सब डिभिजन बन कार्यलयले पटक पटक सुचना टाँस गरेपनि अटेर गरेकाले चाडै नै बल प्रयोग गरि हटाईने ढकालले बताए । अहिले त्यो बस्तिमा वास्तविक बाढी पिडित भन्दा पनि हुकुम्बासिले जग्गा ओगटेका छन अत्तरिया ,चौमला लगायतबाट पनि अतिक्रमण गरि घरटहरा निर्माण गरेको श्रोतले बताएको छ । राष्ट्रिय वन अतिक्रमीत क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच बर्ष कैद तथा एक लाख रुपैया जरिवाना मागदाबी गर्दै दुबै सजाय हुने गरि कानुनी कारबाही गरिने सूचना टाँस गरेको छ ।