पुनर्वास। चर्को ब्याजदरका विरुद्ध कञ्चनपुरको पुनर्वासका व्यवसायीहरू आन्दोलित भएका छन् । वर्तमान समयमा बैङ्क तथा वित्तीय संस्थाहरूले लगानी गरेको साँवा रकमको चर्को ब्याजदरका विरुद्ध यहाँका व्यवसायीहरू आन्दोलित भएका हुन् ।
शुक्रवार पुनर्वास उद्योग वाणिज्य सङ्घको अगुवाइमा शान्तिपूर्ण आन्दोलन गरेको हो । सङ्घले पुनर्वासको आई.बी.आर.डी. बजार र प्रतिभा नगर टाउन बजारमा शान्तिपूर्ण ढङ्गबाट बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो ।
उहाँले तुरुन्तै ब्याजदर एक बिन्दुमा कायम भएन भने कडा रूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । कोरोना महामारीले ओरालो लागेको उद्योग व्यवसायीले समस्या भोग्दै आएका व्यवसायीहरूले थप बैकको चर्को ब्याजदरले थप समस्यामा परेको बताउनुभयो ।