February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरमा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना, ४१६ जनाले स्वास्थ्य परिक्षण गराए

मा प्रकाशित

गुलरिया,

कृष्णपुर नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका वडा न ८ मा रहेको रैकवार स्वास्थ्य चौकिमा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
शनिवार रैकवार स्वास्थ्य चौकिमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाका वडा न ७,८ र ९ का नागरिकहरुलाई लक्षित गरि उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । उक्त निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग सम्बन्धि चेकजाँच,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच,सर्जरी सम्बन्धि सेवा,दन्तरोग सम्बन्धि चेकजाँच र निशुल्क हाइड्रोसिलको शल्यक्रिया सेवा उपलब्ध थिए ।

नागरिकसँग मेयर कार्यक्रमको दोश्रो चरण अन्तर्गत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । उनले विकास निर्माणका कामहरु निरन्तर भैरहने र केही ढिला भए पनि त्यति फरक नपर्ने तर मानवको स्वास्थ्य संवेदनशील विषय भएकोले आफुले कृष्णपुरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए । उनले नियमित भैराख्ने विकासे बजेटबाट रकम कट्टी गर्दै स्वास्थ्य क्षेत्रमा बढी रकम छुट्याएको समेत बताए । स्वास्थ्य क्षेत्रप्रती आफू संवेदनशील रहेको र नागरिकका पक्षमा केही न केही देखिने गरि काम गर्न खोजेको भन्दै आगामी दिनमा नागरिकसँग मेयर कार्यक्रमलाई बृहत बनाउने सोच रहेको नगरप्रमुख ओझाले बताए ।
केजि अस्पताल धनगढीका डाइरेक्टर डा.दिपक सिंहले शिविरमा सेवा लिन आएका सेवाग्राहीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेका हुन । उक्त स्वास्थ्य शिविरमा ४१६ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको वडा न ८ का अध्यक्ष दिनेश खड्काले बताए डा.दिपक सिंहले आफुहरु स्थानीय तहसँग काम गर्न इच्छुक रहेको बताउँदै कृष्णपुरका जनतासँग जोड्ने मौका दिएकोमा नगरप्रमुखलाई धन्यवाद समेत दिए । डा.दिपक सिंहले कृष्णपुर नगरपालिकाको पहिचान खुल्ने कागजसहित अस्पतालमा सेवा लिने आए कृष्णपुरका नागरिकलाई सहुलियतमा सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे।
कृष्णपुर नगरपालिकाले माघ ३ देखि २० गतेसम्म नागरिकसँग मेयर (स्वास्थ्य सम्बन्धि ) कार्यक्रम आयोजना गरेको थियो,त्यसैगरी धनगढी नेत्रालयसँग सहकार्य गर्दै १० दिने आँखा शिविरको पनि आयोजना गरिएको थियो ।
कृष्णपुर नगरपालिका वडा न ८ का अध्यक्ष एवं रैकवार स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा सम्पन्न उक्त स्वास्थ्य शिविरको प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए । त्यस्तै नगर स्वास्थ्य चौकिको टिम,विभिन्न सामाजिक संघ संस्थामा आबद्ध व्यक्तिहरू र सयौंको संख्यामा सेवाग्राहीको उपस्थित रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु