November 28, 23
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

भातृ संगठन सुदृढ बनाउन कार्यकर्तालाई काँग्रेस नेता बिष्टको निर्देशन

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ मा नेविसंघको संगठन सुदृढीकरणका लागि पुनर्वासमा बैठक सम्पन्न गरेको छ ।


आसन्न स्ववियु निर्वाचनमा आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई निर्वाचित गराउन प्रदेश १ ले पार्टीका महाधिवेशन प्रतिनिधि , जिल्ला कार्य समिति सदस्य , प्रदेश प्रतिनिधि , नगर कार्यसमितिका पदाधिकारी , लगायत सुभेच्छुक संस्थाका प्रतिनिधिहरु बिच अन्तर्कृयात्मक कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिह बिष्टले प्रशिक्षण तथा निर्देशन दिनु भएको थियो ।

पार्टीको मेरुदण्डको रुपमा रहेका भातृ संगठन नेविसंघ , तरुण दल , किसान संघ , महिलासंघहरु लाई सुदृढीकरण गरेर लैजान पार्टी सक्रियताका साथ लाग्ने संविधानसभा सदस्य बिष्टले बताउनु भयो ।

पार्टीका आधार स्तम्भका रुपमा रहेका भातृ संगठनहरुलाई सुदृढ गराउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने काँग्रेस नेता बिष्टले बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्रनम्बर १ प्रदेश १ का सभापति मानबहादुर रोकायाको अध्यक्षतामा आयोजित अन्तर्कृयात्मक कार्यक्रमको सञ्चालन सचिव दिपक कुमार श्रेष्ठले गरेको कार्यक्रममा पुनर्वास उद्योग वाणिज्य संघको हालै सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित महाधिवेशन प्रतिनिधि भरत बहादुर बिष्ट , उद्योग उपाध्यक्षमा निर्वाचित महाधिवेशन प्रतिनिधि  बिन्दु श्रेष्ठ र महासचिवमा निर्वाचित सुदूरपश्चिम प्रदेश सदस्य दाउत तामाङलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु