April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

मा प्रकाशित

बेलाैरी ,
फागुन २० गते कञ्चनपुरकाे बेलाैरीमा रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम हुने भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम हुन लागेको हाे ।
रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विषेश महत्वका साथ मनाउने गर्छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना हुन लागेको हाे । कार्यक्रममा प्रमुख अथिति पूर्व खानेपानी मंत्री बिना मगर, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट लगायत रानाथारु अगुवाहरुकाे उपस्थिति रहने आयाेजक समितिका अध्यक्ष तथा भलमन्सा सुरेश बडायकले जनाए ।

कार्यक्रममा झाँकी प्रदर्शन, हाेली नाच , रानाथारु समुदायको विभिन्न खानाका परिकार आदीकाे प्रदर्शनी गरिने कार्यक्रमका प्रचारप्रसार उपसमितिका सदस्य रेशम चौधरीले जनाकारी दिए । कार्यक्रम बेलाैरी बजारको खुला मञ्चमा हुनेछ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु