- हरिलाल जोशी
पुनर्वास, भदाै ०४ । – पुनर्वास नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुले अाेमनाथ ढकालकाे संयाेजकत्वमा हकहित मञ्च गठन गरेका छन।
देशभरका स्थानीय तहहरुमा भइरहदा पुनर्वास नगरपालिकामा कार्यरत करार कर्मचारीहरुले पनि आफ्नो संगठन बिस्तार गर्न शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै हकहित मञ्च गठन गरेको हो ।
नगरपालिका अन्तर्गतका विभिन्न शाखामा कार्यरत रहेका करार तथा ज्यालादारी कर्मचारीहरुको हकहित संरक्षणका लागि अध्यक्षमा नगरपालिकामा कार्यरत प्राविधिक ओमनाथ ढकाललाई चयन गर्दै ११ सदस्यीय कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियोे
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा नारायणी अधिकारी, कोषाध्यक्षमा मोरियम तामाङ, सचीवमा राजेन्द्र भट्ट, सह-सचिवमा दिपेन्द्र बिष्ट, सदस्यहरुमा दलबहादुर गुरुङ, प्रकाश अधिकारी, अजय जैशी, भिमराज उपाध्याय, शान्ति तामाङ र जनल सिंह धामी रहेका थिए भने सल्लाहकार समितिको संयोजकमा हिरा बिक, उप-संयोजकमा चक्र बिष्ट, सदस्यहरुमा निर्मला जोशी,सीता गिरी र सरोज गौतम चयन भएका हुन् ।
कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका ४२ जना करार तथा ज्यालादारी कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रम नगरपालिकाको सभाहलमा भएको थियो ।
