जुद्ध चाैधरी
कञ्चनपुर,
हाेली पर्व रङ्गकाे पर्व मात्र नभएर राना थारु समुदायकाे पहिचान र ईतिहास बाेकेकाे पर्व समेत रहेको पुर्व मन्त्री बिना मगरले बताउनु भयो ।
कञ्चनपुरकाे बेलाैरीमा रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीले आयाेजना गरेको बृहत हाेली मिलन कार्यक्रममा नेकपा माओवादीकि केन्द्रिय सदस्य समेत रहेकी पुर्व मन्त्री मगरले हाेलीले एक आपसमा अपनत्व, मिलन र सुमधुरता ल्याउने पर्व रहेको बताउदै यसले समाजमा विभेद रहित समाज बनाउन सहयाेग पुग्ने पुर्वमन्त्री बिना मगरले बताउनु भयाे ।
पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसाेबास रहेकाे रानाथारु समुदायले हाेली पर्व विषेश महत्वका साथ मनाउने गर्छन ।
कार्यक्रममा रानाथारु समुदायकाे हाेलीमा नाचिने डंका नाच तथा झाँकी प्रदर्शन गरिएको थियाे । राना थारु समुदायकाे नयाँ पुस्ताले हाेली पर्व मनाउने परम्परा बिर्सिदै गएकोमा दुख ब्यक्त गर्दै यसलाई अनुसरण गर्न रानाथारु अगुवाहरुले अनुराेध गरेका छन । विगतमा एक महिना सम्म नाचिने डंका नाच अर्थात हाेरी नाच आजभाेलि दुई चार दिनमा मात्र सिमित भएको छ ।