January 17, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

मा प्रकाशित

दीपेन्द्र बस्नेत
धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
आइतबार शाहले दुई तिहाइभन्दा बढी मत पाएका हुन् ।
५३ सभासद रहेको सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । आइतबार शाहले ४१ मत पाएका छन् । उनले आफ्नो पार्टी नेपाली काँग्रेसका १९, नेकपा माओवादी
केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट निर्वाचित एक जना प्रदेश सभा सदस्यको मत पाएका हुन्

प्रदेश सभामा १० सदस्य रहेको नेकपा एमाले र एक सदस्य रहेको राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरे । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिङ रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि सविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकारको नेतृत्वमा आलोपालोको लिखित सहमति हुनुपर्ने दावी गर्दै आएको माओवादीले पार्टी केन्द्रको निर्देशनमा प्रदेश सभा बैठक सुरु हुनु केहीअघि सरकारलाई विश्वासको मत दिने निर्णय
गरेको थियो । विश्वासको मत दिनका लागि टीकापुर घटनाका बन्दीको रिहा गर्ने लिखित सहमति हुनुपर्ने माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले पनि
सरकारलाई मत दिएको छ । लिखित सहमति गर्न तयार नभएको भन्दै नागरिक उन्मुक्तिले मत नदिएपछि यसअघि एमाले नेतृत्वको सरकार ढलेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु