December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सातौँ लालझाडी कप : आजदेखि सेमिफाइनलका खेलहरु हुँदै

मा प्रकाशित

कञ्चनपुर । सातौँ लालझाडी कप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएका छन् । लालझाडी युवा क्लब ११ पुनर्वासको आयोजनामा जारी मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कपमा आज शनिबार पहिलो सेमिफाइन खेल हुन लागेका हो ।

दिउँसो ३ बजे दशरथ युवा क्लब र न्यू भानु युवा क्लबबीच प्रतिस्पर्दा हुने आयोजकले जनाएको छ ।

चैत १ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको मुख्य प्रायोजकमा पुनर्वास नगरपालिका वडा नम्बर १० रहेको छ भने सह प्रयोजकमा श्री चन्द्र सूर्य इँटा उद्योग पुनर्वास १० रहेको छ। यस्तै प्रतियोगिताको संरक्षकमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका, कञ्चनपुर जिल्ला फुटबल सङ्घ रहेको छ । ड्रिम एजुकेशन कन्सल्टेन्सी सेन्टर धनगढीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गर्ने भएको छ ।

यस्तै उत्कृष्ट खेलाडी प्रायोजकमा सुदूरपश्चिम फुटबल एकेडेमी पुर्नवास,उत्कृष्ट फरवार्ड प्रायोजकमा एमबीएल स्टिल एण्ड आल्मुनियम उद्योग धनगढी,उत्कृष्ट मिड फिल्डरको प्रायोजकमा एबीडी निमार्ण सेवा धनगढी रहेको छ ।

यस्तै रिदम फलसिलिङ डेकोरेसन हाउस धनगढीले उत्कृष्ट डिफेन्सको पुरस्कार दिनेछ भने डी एण्ड डी ट्रेड एण्ड कनर्स उत्कृष्ट गोल रक्षकको प्रायोजकमा जोडिएको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ता प्रायोजकमा श्री विजय मावि पुनर्वास १०,उदयीमान खेलाडी श्री फारवेष्ट ईन्टरनेशनल स्कुल पुनर्वास १० रहेको छ ।

बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैक पुनर्वास ३ कञ्चनपुर जोडिएको छ भने हस्पिटल पार्टनरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी र मिडिया पार्टनरमा नागरिक आवाज अनलाइन जोडिएको छ ।

१६ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने आयोजक लालझाडी युवा क्लब ११ ले जनाएको छ ।

यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच र पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु