झलारी ,
शुक्लाफाँटा नगरपालिकामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामानता र व्यवसाय सचेतना तालिम प्रारम्भ भएको छ।
शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामानता र व्यवसाय सचेतना तालिम सुरु भएको हो । आज आइतबार वडा नम्बर १ बन्साह,वडा नम्बर २ रानिपुर र वडा नम्बर ३ जोनापुर पिपलाडी बाट १०/१० जना सहभागीहरु लाई सहभागी गराई ३० जना को सहभागिता रहने गरि वडा नं. २ को वडा कार्यालयमा तालिम सञ्चालन गरिएको हो।
शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा को प्रमुख आतिथ्य एवं नगर उपप्रमुख कल्पना जोशी पन्त को बिशिस्ट आतिथ्यमा उद्घाटन कार्यक्रम संचालन भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख रणबहादुर महराले शुक्लाफाँटाका अधिकतम नागरिक लाई नगरमै स्वरोजगार बनाउने उद्धेश्यले उद्यमशिलता तालिम सञ्चालन गरिएको बताए। ‘आर्थिक रुपमा देशको अवस्था नाजुक छ, दैनिक उपभोग्य सामाग्री भारतबाट आइरहेको छ,’ उनले भने, ‘युवा विदेशिन बाध्य छन्, अब स्थानी यस्तरमै स्वरोजगार बनाउने हाम्रो योजना छ।’ व्यवसाय गर्न इच्छुकलाई नगरपालिकाले आवश्यक तालिम र सहयोग गर्ने नगर प्रमुख महराले बताए। ‘जिन्दगीभर काम लाग्ने खालका तालिम नगरपालिकाले सञ्चालन गर्नेछ,तालिमकै लागि तालिम भने कदापि हुने छैनन् ,मानब जीवनको लागि दैनिक उपभोग्य बस्तु एवं कृषिजन्य उत्पादन गर्ने किसान र उद्धमी लाइ शुक्लाफाटा नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका शुक्लाफाटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले नगरपालिकाको आयोजनामा संचालन भइरहेको ८ दिने उद्यमशिलता विकास तथा लैङ्गिक सामानता र व्यवसाय सचेतना तालिम बाट प्रयाप्त मात्रामा महत्वपूर्ण ज्ञान लिन आग्रह गरेका छन्। नगरपालिकाले यहाहरुको घर आगनमै आएर निशुल्क रुपमा प्रदान गर्ने तालिम बाट व्यावसायिक बन्न हौसला प्रदान गर्ने र आत्मनिर्भर बन्न अधिकतम टेवा पुर्याउने भएकाले निरन्तर ८ दिन सम्म सम्पुर्ण सहभागीहरु ले तालिम दिन आग्रह गरेका छन्। पछिल्लो समय महिलाहरुले खेति किसानी,बेमौसमी तरकारी खेति र व्यावसायमा सरिक भएकोमा खुशी व्यक्त गर्दै अझै प्रगति र अगाडी बढ्न हौसला प्रदान गरेका छन्।
८ दिन सम्म संचालन हुने तालिमको बारेमा प्रकाश पार्नुको साथै कार्यक्रम संचालन उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीले गरेका थिए। तालिमको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष उत्तरदेव भट्ट,वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरी ले मन्तव्य राखेका थिए भने वडा नम्बर २ का वडा अध्यक्ष भोदुराम चौधरी को सभापतित्वमा संव्चालन भएको कार्यक्रममा स्वागत मन्तब्य वडा नम्बर २ का वडा सदस्य सिता नेपालीले राखेका थिए।