April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको उपाधि संयुक्त युवा क्लबलाई

मा प्रकाशित

कञ्चनपुर । सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको उपाधि संयुक्त युवा क्लबले जितेको छ । आज सम्पन्न फाईनल खेलमा भानु युवा क्लबलाई पराजित गर्दै संयुक्त युवा क्लबले उपाधि उचालेको हो ।

उपाधि उचाल्दै संयुक्त क्लबले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी प्राप्त गरेको छ भने भानु युवा क्लबले एक लाख ११ हजार एक सय ११ मै चित्त बुझाएको छ ।

लालझाडी युवा क्लब ११ को आयोजनामा सम्पन्न प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो ।प्रतियोगितालाई मुख्य प्रायोजकमा पुनर्वास नगरपालिका वडा नम्बर १० ले साथ दिएको थियो भने सह प्रयोजकमा श्री चन्द्र सूर्य इँटा उद्योग पुनर्वास १० रहेको थियो ।

यस्तै प्रतियोगिताको संरक्षकमा पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका, कञ्चनपुर जिल्ला फुटबल सङ्घ थियो । ड्रिम एजुकेशन कन्सल्टेन्सी सेन्टर धनगढीले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेको थियो ।

यस्तै उत्कृष्ट खेलाडी प्रायोजकमा सुदूरपश्चिम फुटबल एकेडेमी पुर्नवास,उत्कृष्ट फरवार्ड प्रायोजकमा एमबीएल स्टिल एण्ड आल्मुनियम उद्योग धनगढी,उत्कृष्ट मिड फिल्डरको प्रायोजकमा एबीडी निमार्ण सेवाले साथ दिएको थियो ।

यस्तै रिदम फलसिलिङ डेकोरेसन हाउस धनगढीले उत्कृष्ट डिफेन्सको पुरस्कार प्रदान गरेको छ भने डी एण्ड डी ट्रेड एण्ड कनर्सले उत्कृष्ट गोल रक्षकको पुरस्कार प्रदान गरेको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ता प्रायोजकमा श्री विजय मावि पुनर्वास १०,उदयीमान खेलाडी श्री फारवेष्ट ईन्टरनेशनल स्कुल पुनर्वास १० ले प्रदान गरेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु