September 26, 23
20.5 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढीको एक्सिस विद्याश्रममा रक्तदान कार्यक्रम सम्पन्न ,६५ पिन्ट रगत संकलन

मा प्रकाशित

धनगढी ,
धनगढीको एक्सिस विद्याश्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु तथा एक्सिस युथ रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको विद्याश्रमका शिक्षक घन्श्याम मलाईले बताए । संकलन गरिएको रगत नेपाल रेडक्रस जिल्ला शाखा धनगढीलाई बुझाएको छ । हरेक वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले र विद्यालयमा गठित युथ रेडक्रस सर्कलले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा मानविय कार्यमा अभिरुची बढाउनका साथसाथै सामाजिक उत्तरदायित्व बहनका लागि विद्यालयले विगतका छ वर्षदेखि कक्षा १२ का विद्यार्थीहरुको अगुवाईमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको विद्यालयका प्राचार्य अनिता पन्तले बताइन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु