बेलडाँडी ,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सभासद दिवानसिंह बिष्टले १५ सैयाको अस्पताल भवनको शुक्रवार शिलान्यास गरेका छन् ।
संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सभासद बिष्टले भने – बेलडाँडीलाई नमूना गाउँ पालिका बनाउने लक्ष्य लिएर अघि बढी रहेको छु । उनले भने स्वास्थ्य क्षेत्र बिकासका लागि सुदूरपश्चिम प्रदेश सरकारको साथ सहयोग जुटाउन आफुले सदैव पहल गर्ने बताए ।
बेलडाँडीको शैक्षिक स्वास्थ्य लगायत सेवाको बिकासका लागि खट्ने गाउँ पालिकाका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष लगायतका जनप्रतिनिधि धन्यवादका पात्र रहेको सभासद बिष्टले बताए ।
२०८१ मंसिर ६ सम्म निर्माण सम्पन्न हुने १५ सैयाको अस्पताल १६ करोड ५१ लाख ६२ हजार ५७७ को लागतमा निर्माण गरिने उक्त अस्पताल भवनको निर्माणको जिम्मेवारी निर्माण कम्पनी बंगलामुखी बैजनाथ जेभिले पाएको छ ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष शान्ति नाथले स्वागत गरेकी थिइन् ।