April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नव वर्षको उपलक्ष्यमा नवोदय जीवनशक्ति क्लबले फुटबल प्रतियोगिता सुरु गर्दै

मा प्रकाशित

पुनर्वास
कञ्चनपुरको पुनर्वास ९ स्थित नवोदय जीवनशक्ति यूवा क्लब सिताबस्ति ले नव बर्ष २०८० उपलक्ष्यमा पुरूष खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सोमबार नवोदय जीवनशक्ती क्लबले पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो । क्लबका अध्यक्ष करण एैडी ले प्रथम नवदय कप खुल्ला पुरूष फुटबल प्रतियोगिता को जानकारी गराएका हुन ।

बैसाख २ गतेदेखि सञ्चालन गरिने उक्त फुटबल प्रतियोगिता मा प्रथम हुने टिम लाई ट्रफि सहित नगद १ लाख १० हजार ११० , द्वितीय हुने विजेतालाई ट्रफि सहित नगद ५५ हजार ५० रूपैयाँ प्रदान गरिने जनाईएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार उत्कृष्ट फरवार्ड लाई १० हजार , उत्कृष्ट गोल किपरलाई १० हजार पुरस्कृत गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गरिएको थियो ।

 

२०६१ सालमा संस्था दर्ता भइसकेपछि यस क्षेत्रमा जस्तै फुटबल , क्रिकेट लगायत कार्यक्रम गर्दै आएको र सामाजिक क्षेत्रमा समाजमा रहेका बेथिति, विकृती चेलीबेटी बेचविखन लगायत कार्यमा ससक्त आवाज उठाउदै विभिन्न सामाजिक कार्यमा समेत क्लब सहभागि हुदै आएको भएपनि पछिल्लो समय कोरोना भाईरस कोभिड (१९) को प्रभावले क्लबले कुनै पनि कार्यक्रम को आयोजना गर्न नसकेको दुखत घटना स्मरण गर्दै लामोसमय पश्च्यात पुन फुटबल खेल प्रतियोगिता को आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिकले खेलकुदका क्षेत्रमा विभिन्न खेलकुद आयोजना गरि खेलकुदबाट यहाँका युवा जनशक्तिको शारीरिक मानसिक तथा अनुशासनको विकास का निमित्त आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्याराताल युवा क्लबका अध्यक्ष हरिशर्मा जैसी , परोपकार युवा क्लबका सचिव प्रेम जैशी , पुनर्वास खेलकुद विकास समिति का प्रमुख प्रशिक्षक हिमाल मल्ल , नगरपालिका कर्मचारी संघ केन्द्रीय सदस्य ओमनाथ ढकाल लगायत कार्यक्रम का अतिथि रहेका थिए । कार्यक्रम को सञ्चालन क्लबका सचिव शैलेन्द्र बिक ले गरेका

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु