March 17, 25
12.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडी युवा क्लब ११ द्धारा थ्री स्टार क्लबलाई स्वागत तथा सम्मान

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको लालझाडी युवा क्लब ११ ले थ्री स्टार क्लबलाई स्वागत तथा सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच क्लबको मैदानमा नेपाली राष्ट्रिय फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै लालझाडी ११ ले थ्री स्टारलाई स्वागत तथा सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जन, नेपाली राष्ट्रिय फुटबल टिमकै विक्रम लामा ,नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय प्रशिक्षक मेघराज के.सी रहेका छन् ।

यस्तै लालझाडी ११ क्लबले थ्रि स्टार क्लब ललितपुरलाई नेपाली राष्ट्रिय फुटबलको विकास तथा खेलाडी उत्पादनमा लामो समयदेखि ए डिभिजनल क्लबको रूपमा नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलका माध्यमबाट विभिन्न उपाधि दिलाई राष्ट्र र राष्ट्रियता उजागर गर्न महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेको हो ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष दाउत तामाङको  प्रमुख आतिथ्यमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।  उनका अनुसार लालझाडी युवा क्लब ११ का खेलाडीलाई  राष्ट्रिय प्रशिक्षक मेघराज केसीले केही घण्टा प्रशिक्षण गरेका थिए ।

No description available.क्लबले केही समय अघि मात्रै जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता सातौँ लालझाडी कप समेत सम्पन्न गरेको थियो । क्लबले खेलकुद बाहेक सामाजिक कार्य पनि गर्दै आइरहेको छ ।

क्लबको वार्षिक कार्यक्रम मार्फत यस अघि साबिक बाइसी बिचुवा अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिसकेको छ ।

यस्तै क्लबले सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ पनि सम्पन्न गरेको थियो । यस्तै लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गामा रहेको स्वास्थ्य केन्द्र भवनमा माघ २१ गते निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिसकेको छ । सो स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए ।

No description available.

 

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु