October 4, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

स्वास्थ्यकर्मीको आन्दोलनमा विभिन्न संघसंगठनको साथ

मा प्रकाशित

धनगढी  ।  धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमूलक कार्यक्रमहरू अघि बढाउनमा विभिन्न संघसंगठनहरुले  साथ दिएका छन् ।

तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम अघि बढाउनको लागि नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश , निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली ,नेपाल निजामती कर्मचारी सगंठन कैलाली , नेपाल राष्ट्रिय कर्मचारी सगंठन निजामती कैलाली , एकीकृत सरकारी कर्मचारी सगंठन नेपाल कैलालीले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा एकेबद्धता जनाएका छन् ।

No description available.

संघिय सरकारको निजामती कर्मचारी ऐन  २०७५ अनुसार कर्मचारी समायोजन भई धनगढी उपमहानगर पालिकामा आयका कर्मचारीहरूलाई अहिले उपनगरपालिकाले आज आज भन्दाभन्दै ६ महिना देखि पारिश्रमिक रोकी दिएको  छ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उप-महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्राङ्गणमा जम्मा भई कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रम गर्दै आयका छन् ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु