कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले तीन राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।
नगरपालिकाले आज एक कार्यक्रमका बिच क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी,भीम सार्की र सन्दिप जोरालाईजनही एक लाख ५१ हजार नगदले सम्मान गरेको हो ।
हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरी जिम्बाबेमा हुने एक दिवसीय विश्वकप ‘क्वालिफायर’ मा पुग्न सफल भएकामा तीनै खेलाडीलाई नगदका साथै प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको नगरप्रमुख पदम बोगटीले बताए ।
नगर प्रमुख बोगटीले उनीहरूलाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको लागि शुभकामना समेत व्यक्त गरे ।