September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास

मा प्रकाशित

कञ्चनपुर। पछिल्लो केही दिन यता कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–पुनर्वासमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास छाएको छ । गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास नगरपालिका– १० मदन टोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो।
त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएको थियो। मङ्गलवार पनि बेलौरी–पुनर्वासका विभिन्न क्षेत्रमा बाघ देखा परेको स्थानीयहरूले बताएका छन् । पुनर्वास १० भीमबस्ती, पुनर्वास ४ सहिद गौतम चोक, सीमा स्तम्भ नम्बर २०२, २०३, २०४ क्षेत्र बेलौरी १ र २, बेलौरी ६ स्थित भन्सार क्षेत्र देखि बेलौरी ७ र ८ पचुइसम्म बाघ देखा परेको स्थानीयहरूको भनाइ छ ।
यी क्षेत्रहरूमा देखिने बाघ छुट्टाछुट्टै भएको स्थानीयको दाबी छ । बाघको त्रास बढेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी समेत बढाएको छ ।
पछिल्लो समयमा पोथी बाघले भाले बाघबाट आफ्ना डमरुलाई बचाउन तथा हुर्काउन नेपालतर्फको लालझाडी मोहना करिडोरमा आएको सब डिभिजन बन कार्यालय पचकडिया प्रमुख दिनेशकुमार यादव बताउँछन् ।
बाघले डमरु सँगसँगै ल्याएको बेला मानिसलाई देख्दा बढी आक्रामक हुने गरेका कारण यस्तो समयमा जङ्गलमा नजाने तथा जानै परे समूहमा जान यादवको भनाई छ ।  बाघ बस्तीमा पस्न नदिन यी क्षेत्रका नागरिकहरू रातभर जाग्राम बस्न बाध्य छन् ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु