September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिको नयाँ कार्य समिति गठन

मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मणिकामा रहेको श्री बैजनाथ धार्मिक श्री बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिको नयाँ कार्यसमिति गठन गरिएको छ । पूर्ण बहादुर हमालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो ।
विकास समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षमा  विनोद ऐर,कोषाध्यक्ष नवराज पन्त,सचिवमा डम्मर बहादुर ऐर र सह–सचिवमा भागरथी गिरीलाई चयन गरिएको छ । यस्तै सदस्यमा देव बहादुर सार्की,पार्वती ऐर,निशा ऐर रहेका छन्।
यसअघि  नगरपालिकाकी नगर उपप्रमुख कल्पना जोशी पन्तको प्रमुख आतिथ्यमा चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख पन्तले आफ्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फ बाट पर्यटकीय विकास समिति का लागी आवश्यक सहयोग र पहल गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नगरपालिकाकै ऐतिहासिक एवं धार्मिक आस्था,मूल्य र मान्यता बोकेको मणिका धाम क्षेत्र अर्थात् श्री बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समिति को सकारात्मक तथा सिर्जनात्मक कार्यको लागि सधैँ प्रतिनिधित्व लिन नगरपालिका र आफू तत्वर रहेको बताइन् ।  साथै यस्ता धार्मिक एवं ऐतिहासिक धरोहरको संरक्षण,संवर्द्धन तथा प्रचार प्रसारको हक समेत हरेक नागरिकको रहेको र दायित्व समेत भएको हुँदा सबैले आ आफ्नो तर्फ बाट सहकार्य तथा समन्वय गरेर अगाडि बढ्न आह्वान गरिन्।
वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महराले धार्मिक तथा ऐतिहासिक धरोहरको विकास,बिस्तार र संरक्षण मा कसैले पनि राजनीति नगर्न अनुरोध गरे । नगरपालिकाकै मात्र नभई धार्मिक स्थल मा लाग्ने मेला र पूजा आजाको लागि अन्य नगरपालिका र जिल्ला बाट समेत श्रद्धालु भक्तजनहरू आउने हुँदा हामीले व्यवस्थित र मर्यादित भएर संरक्षण मा लाग्नुपर्ने कुरामा जोड दिए ।
समितिका अध्यक्ष भरत बहादुर ऐरको सभापतित्वमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य तथा आगामी योजनाको बारेमा जानकारी श्री बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समिति का कोषाध्यक्ष मान बहादुर ऐरले राखेका थिए। आगामी वर्षहरूको योजनाहरूमा डि पी आर निर्माण गर्ने,बाटो निर्माण तथा बिजुली बत्तिको बिस्तार लगायतका योजना खाका प्रस्तुत गरेका छन्। त्यसै गरी आर्थिक प्रतिवेदन प्रस्तुत समितिका सचिव डम्मर ऐरले प्रस्तुत गरेका थिए।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु