किशोर तामाङ, कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा कक्षा ८ को नतिजामा एक सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । नगरपालिकाको वडा नम्बर ३ मा रहेको गोर्खा आधारभूत विद्यालयको नजिता शून्य आएको हो ।
नगरपालिकाको नगर शिक्षा शाखाले सार्वजनिक गरेको नतिजामा सो विद्यालयका विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको देखाएको हो ।
विगतमा आन्तरिक मुल्याकंनबाट विद्यार्थीहरूको ग्रेड दिइने गरे पनि यस पटक नगरले कडाइका साथ परीक्षा सञ्चालन गरेपछि नगरपालिकामा कक्षा ८ को नतिजा यस्तो आएको नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज भट्टले जानकारी दिए।
सरकारले सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि बर्षेनी अरबौँ रुपैयाँ लगानी गरेता पनि सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बिधार्थीहरूको परीक्षा नतिजा भने निराशाजनक रहँदै आएको छ।
नगरपालिका शिक्षा शाखाबाट लिइएको १९ संस्थागत र २१ सामुदायिक गरी जम्मा ४० विद्यालय सहभागी भएका थिए । ४० विद्यालयमा अध्ययन गर्ने १ हजार ३ सय ६९ विद्यार्थीहरू मध्ये ४५० जना नन ग्रेड भएका छन् । भने १७ जना विद्यार्थी अनुपस्थित भएका थिए।
परीक्षा दिएका विद्यार्थी मध्येमा गणित विषयमा सबैभन्दा बढी र नैतिक शिक्षामा सबैभन्दा न्यून नन ग्रेड भएका छन्। विषयगत रूपमा पुनर्वास नगरपालिकामा गणित विषयमा ३ सय ४५ नेपाली बिषयमा २९७ अङ्ग्रेजी बिषयमा २२४ सामाजिक बिषयमा २३७ विज्ञान बिषयमा २३७ र नैतिक शिक्षामा १६६ जना नन ग्रेड अर्थात् फेल भएका छन्।
- विज्ञापन -