December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणमा परि हराइ रहेकी महिलाको खोजीका लागि आरक्षको बिशेष टोली घटना स्थल पुग्दै

मा प्रकाशित

 

कञ्चनपुर ,
कञ्चनपुरको बेलौरी नगरपालिका ८ कि एक महिला बाघको आक्रमणमा परेको बताइएको छ ।

बेलौरी नगरपालिका ८ पचुइ कि अन्दाजी ४५ वर्षिय गंगा चन्द घाँस काटिरहेको अबस्थामा बाघको आक्रमणमा परि हराइ रहेकी उनको खोजी कार्यका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बिशेष टोलि आउदै गरेको बताइएको छ ।

बेलौरी-बेलडाँडी हुलाकी सडकको पचुई नाला देखि झन्डै ३०० मिटर उत्तर तर्फ खोलाको बगरमा घाँस काटी रहेकी उनी माथी बाघले आक्रमण गरेको जनाइएको छ ।

बाघको आक्रमणमा परेकी महिलाको अबस्था अज्ञात रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दिप शाहले बताए ।

प्रहरी , वनकर्मी र स्थानीयले उनको अबस्था बारे घटना स्थलमा खोजी गरे पनि भेट्न नसकिएको उनले बताए ।

खोजी कार्यका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षको विशेष टोली केहिबेरमा घटना स्थलमा पुग्ने प्रहरी निरीक्षक शाहले बताए ।

उक्त घटनाको जानकारी पाउना साथ संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभासद दिवानसिंह बिष्ट घटना स्थलमा पुगेका छन् । हिंस्रक बन्दै गएको बाघलाई नियन्त्रणमा लिइ यस क्षेत्रलाई भयमुक्त बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफुले पहल गर्ने घटना स्थल पुगेका प्रदेश सभासद बिष्टले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु