September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुक्लाफाँटाको अमरपुरमा वडा स्तरीय फुटवल प्रतियोगिता

मा प्रकाशित

झलारी ,
अमरपुर युवा क्लब को आयोजनामा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा वडा स्तरीय फुटवल प्रतियोगिता को समुदघाटन गरिएको छ।

नगरपालिकाका भित्र रहेका ९ ओटा टिमहरु द्वारा खेलमा सहभागीता जनाएका छन्। मंगलबार शुक्लाफाँटा नगरपालिका का नगर उपप्रमुख कल्पना जोशी पन्त को प्रमुख आतिथ्यतामा संचालित कार्यक्रम मा बोल्दै नगर उपप्रमुख कल्पना जोशी पन्तले युवाहरुले खेलकुद मार्फत नै नगरपालिका लाई सर्वपरि रुपमा पहिचान गर्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन्।

केहि समय अगाडी नगरपालिकामा भएको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता,जिल्ला स्तरीय खेलकुद र परशुराम नगरपालिका मा बिभिन्न खेलकुद का विधामा अनुशासित मिहिनेत र लगनशिल भएर खेल खेली पहिलो,दोस्रो स्थान हासिल गरेको उदाहरण दिदै यो खेलकुदमा सहभागी खेलाडी मित्रहरुले समेत अनुशासित र लगनशील भएर खेल खेल्न आग्रह गरेका छन। युवाहरुकै लागि शुक्लाफाँटा नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरुले खेलाडी र युवा क्लवहरु,खेल समाग्रीकै लागि रकम विनियोजित गरेर वडा गत रुपमा बिभिन्न खेलाडी र युवा क्लवहरु लाइ खेल सामग्री एवं पुरस्कार बितरण गरिदै आएको बताए।

साथै युवा वर्गहरु र खेलको माध्यम बाट समाज परिवर्तनको लागि लागिपरेका खेलाडी मित्रहरुले लागुऔसध न्यूनीकरण,दुर्व्यसनी न्यूनीकरण,बालविवाह न्यूनीकरण जस्ता सचेतनामुलक कार्यक्रमको माध्यम बाट समेत समाजमा जनचेतना फैलाउन आग्रह गरेका छन्। नगरपालिकाका सम्पुर्ण खेलाडीहरुको लागि खेल मैदान,कबडहल,खेल सामाग्रीको अभाव हुन् नदिने प्रतिबद्दता जनाउनुभएको छ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथि रहेका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले कार्यक्रममा बोल्दै वडा कार्यालयको तर्फ़ बाट गर्नुपर्ने सहयोगको लागि प्रतिबद्द रहेको जानकारी गराएका छन्। कुनै पनि खेलाडी मित्रहरुले अनुशासित र मैत्रीपूर्ण रुपमा खेल खेली वडा र नगरपालिकाको नाम चिनाउने कार्य गर्न हार्दिक अपिल गरेका छन्।

कार्यक्रममा न्यायिक समिति सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य केशब ठगुन्ना,वडा नम्बर ७ कै वडा सदस्य धिरेन्द्र प्रसाद भट्ट, शुक्लाफाँटा खबर दैनिक पत्रिकाका सम्पादक जय बहादुर ऐर,कृष्ण सामुदायिक उपभोक्ता समुहका अध्यक्ष अमर बहादुर ऐर लगायत समाजसेवी,स्थानीय र खेलाडीहरुको उपस्थिति रहेको कार्यक्रममा सभापति युवा क्लव का अध्यक्ष दल बहादुर ऐर रहेका थिए भने कार्यक्रमको संचालन सुरज ऐरले गरेका थिए। फुटवल खेल आज देखि नियमित रुपमा संचालन हुने आयोजक टिमले जानकारी गराएका छन् साथै आज वडा नम्बर ३ र वडा नम्बर ९ सिसैया टिम को खेल भएको जानकारी गराएको छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु