दीपेन्द्र बस्नेत
बेलौरी , कञ्चनपुर
कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र ब्यबस्थित बनाएर बिकास निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको नेपाल सरकारका परराष्ट मन्त्री एनपी सावदले सोमबार बेलौरीमा बताएका छन् ।
बेलौरी पुगेका मन्त्री सावदले भने यस क्षेत्रको बिकासमा महत्वपुर्ण रहेको छोटी भन्सार कार्यलयको संचालन र स्तरोन्नतिको काममा आफुले पहल गर्ने बताए । परराष्ट्र मन्त्री नियुक्त भए पछि पहिलोपटक गृह जिल्ला पुगेका मन्त्री सावद सोमबार कञ्चनपुरको बेलौरी पुगेका हुन ।
संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले क्षेत्रका सीमा बिवाद समस्या , छोटी भन्सार संचालन तथा क्षेत्रको बिकासमा पहलको लागि मन्त्री सावदको ध्यानाकर्षण गराएका थिए ।सोमबार जिल्लाको दक्षिणी क्षेत्रको बेलौरी पुगेका मन्त्री सावदले छोटी भन्सार कार्यालय र नेपाल-भारत सीमा नाकाको स्थलगत अनुगमन गरेका थिए ।
बेलौरीको बिकास निर्माणमा पहल गर्न माग राख्दै बेलौरी नगरपालिकाका तर्फबाट मेयर पोतीलाल चौधरीले ज्ञापन पत्र बुझाएका थिए ।
मन्त्री सावदको बधाई तथा स्वागतका लागि नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले बेलौरीमा कार्यक्रमको आयोजना गरेको थियो ।