April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रदेशसभा सदस्य बिष्टको पहलमा प्राविधिक शिक्षालयको सम्भाव्यता अध्ययन टोली पुनर्वासमा

मा प्रकाशित

 

कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशमा बन्ने भनिएको प्राविधिक शिक्षालयको लागि सम्भाव्यता अध्ययनका लागि गठित टोलीद्वारा कञ्चनपुरको पुनर्वास स्थित पैसठ्ठी बिगाहा क्षेत्रमा मंगलबार निरीक्षण गरिएको छ ।

संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय दिवानसिंह बिष्टको पहलमा उक्त अध्ययन टोलीले पुनर्वास स्थित पैंसट्ठी बिगाहाको निरीक्षण गरेको हो ।

टोलीमा संविधानसभा सदस्य दिवनसिंह बिष्ट , सम्भाव्यता अध्ययन टोलिका संयोजक गेटा मेडिकल कलेजका निर्देशक हेमराज ओझा , कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल , शिक्षा ईकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिपकराज कलौनी , जिल्ला समन्वय समिति कैलालीका निमित्त प्रमुख खगराज भुसाल र नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले उक्त क्षेत्र निरीक्षण गरेको हो ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित उक्त खाली जग्गाको भोगाधिकार राष्ट्रिय आवास कम्पनीको रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु