November 6, 24
14.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको भाइरल रोडमा प्रतिबन्ध

मा प्रकाशित

ईश्वर दत्त बडू
कञ्चनपुर
पछिल्लो समय चर्चित बनिरहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडक सर्वसाधारणका लागि बन्द हुने भएको छ ।

टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए ।

उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए । उनले भने ‘कैलाली र कञ्चनपुर तथा अन्य स्थानबाट थुप्रै सर्वसाधारणहरु आएर भिड लाग्न थाल्यो ।

निषेधाज्ञा लागू नै भएका अवस्थामा कोरोनाको जोखिमलाई मध्य नजर गर्दै आम सर्वसाधारणहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेका छौ ।’
यस्तै कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए। उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए ।

नदी किनारमा फराकिलो कालोपत्रे गरिएको पक्की सडक निकै रमणीय छ । टिकटक बनाउनेहरुको रोजाई बनेको यो सडकमा बिहान बेलुकाको समयमा दर्शकहरुको मेला नै लाग्ने गर्दछ । पछिल्लो समय दैनिक ३ देखि ४ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए । त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेको स्थानीयले बताएका छन् ।

सामान्यतया बेलुकापख भिडभाड हुने उक्त सडक हेर्न बिदाका दिनमा कैलाली, बर्दिया तथा बाँके लगायत टाढा टाढाबाट मानिसहरुको घुइँचो लाग्ने गर्दछन् । उनीहरु म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन उक्त सडकमा आउने गर्दछन् ।
दैनिक हजारौंको संख्यामा पर्यटक बढ्न थालेपछि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका थिए ।

सोही अवस्थालाई मध्यनजर गरी उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु