September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सिमरीमा डुबान काँग्रेस नेता बिष्ट र तरुण अध्यक्ष चन्द द्वारा निरीक्षण , राहत उद्धारका लागि जुट्न कार्यकर्तालाई निर्देशन

मा प्रकाशित

 

नागरिक आवाज डेस्क 
कञ्चनपुर , भदौ ११
तीन देखिको अबिरल वर्षाका कारण दोदा नदीमा आएको बाढीबाट कञ्चनपुरको पुनर्वास स्थित सिमरी गाउँ डुबानमा परेको छ ।
गए राती दोदा नदीको बाढी पसेर डुबान बन्न पुगेको सिमरी गाउँका पीडितहरुलाई भेटघाट र क्षेतीको विवरण लिन नेपाली काँग्रेसका नेता दिवान बिष्ट र तरुण दलका अध्यक्ष महेश चन्दको टोलीले निरीक्षण गरेको छ ।
गाउँमा पसेको बाढीका कारण गाउँका झन्डै सय घर प्रभावित बन्न पुगेका छन् । वर्षेनि बाढीको जोखिम झेल्दै आएको उक्त गाउँमा पुगेको नेपाली काँग्रेस कञ्चनपुरका नेता एवं पुर्व साँसद दिवानसिंह बिष्टको नेतृत्वको टोलीले बाढी प्रभावितहरुको राहत , उद्धारका लागि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
बाढीबाट प्रभावित उक्त गाउँमा नेता बिष्ट संगै पुगेका नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले जोखिममा रहेका स्थानीयको राहत र उद्धारका लागि तरुण दलका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् ।
डोकेबजार-बेलौरी हुलाकी राजमार्ग निर्माणका क्रममा स्टिमेट अनुसार बनाइनु पर्ने पानीको निकासका लागि आबश्यक निकासको प्रयाप्त संरचना निर्माण नगरिनु र दोदा नदीको तटबन्ध निर्माण नगरिएकाले बस्ती डुबानमा परेको काँग्रेस नेता बिष्टले बताए । सिमरी गाउँमा बर्सेनि हुँदै गरेको डुबानको जोखिम हटाएर ततबन्ध तगायतका संरचना निर्माणका लागि आफुले सरकार संग पहल गर्ने नेता बिष्टले बताए ।
शुक्रबार बिहान काँग्रेस नेता बिष्ट सहित तरुण दलका जिल्ला अध्यक्ष महेश चन्द ,नेपाल तरुण क्षेत्र नम्बर १ का उपाध्यक्ष राम खड्का , नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बिन्दु श्रेष्ठ र भिमदत्त नगरपालिका ९ का वडा सभापति केशव नायक लगायतका नेताहरुले अनुगमन गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु