September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आज सुदूरपश्चिममा ‘आमहडताल’

मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा आइतबार आमहड्ताल गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको हो।स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’का अनुसार आजको आमहडताललाई यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले पनि सहयोग गरेका छन्।

संघर्ष समितिका संयोजक ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रूपमा बन्द गरिने बताए। जसअनुसार आज बजार, विद्यालय, यातायात पूर्णरूपमा बन्द रहेका छन्।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय शैयामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ।

उनीहरूले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु